पोखरामा तामाङ समुदायले मनाए ल्होछार

पाेखरा | माघ ८, २०७९

पोखरामा तामाङ समुदायले मनाए ल्होछार

पोखरा:   तामाङ समुदायले आइतबार पोखरामा २८५९ औँ सोनाम ल्होछार मनाएका छन् । बैदाम तामाङ सेवा समाज पोखराको अयोजनामा आइतबार पोखराको लेकसाईडस्थित खहरेमा रहेको पेमा देछेन लिङ गुम्बामा एक आपसमा शुभकामना आदान प्रदान गरी ल्होछार पर्ब मनाइएको समाजका अध्यक्ष ज्याक तामाङले बताए ।


कार्यक्रममा ताम्बा टोलीद्धारा विभिन्न प्रस्तुति राखिएको थियो । धनबहादुर तामाङ, मनोज तामाङ, जीवन तामाङ, राजन तामाङ, बमबहादुर तामाङ र फरक योञ्जनले प्रस्तुति दिइएका थिए ।


त्यस्तै मिस तामाङको नृत्य, तामाङ सास्कृतिक नृत्य लगायतका कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङले बताए ।


नेपालको राष्ट्रिय संस्कृतिको कडी ल्होछार परम्परा र तामाङ संस्कृति भएको र ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको समाजका अध्यक्ष तामाङले बताए  ।


कार्यक्रममा उपस्थित तामांङ समुदायले गुम्बामा पुजा गरेका थिए । गुम्बाका लामा गुरु प्रेम लामाले दर्शनार्थीलाई वांग अभिषेक गराएका थिए ।


यस्तै कार्यक्रममा मिस तामांङ पोखराका सहयोगी तथा उपसमिति संयोजकलाई मायाको चिनो प्रदान गरिएको थियो । समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्ंचालन राम लामा र डोल्मा लामाले गरेका थिए । 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्